TAAN मा मेरो भोट कसलाई

6 Aug 2024 Alpine Asian Treks

Trekking Agencies Association of Nepal

TAAN मा मेरो भोट कसलाई
Trekking Agencies Association of Nepal, TAAN को बार्षिक साधारण सभा तथा आगामी २ बर्से कार्य कालको लागि कार्यसमिति को निर्बचान येही September २ तारिक का दिन हुन गइरहेको छ। एस दौरान विभिन्न उमेदवारका आकांक्षीहरु मैदानमा प्रेबेश गरेका छन्।
बिगतका केहि कार्यकाल देखि TAAN केवल कर्मकाण्डी , भित्तामा नाम झुन्डाउने र TIMS को बहानामा पर्यटन बोर्ड धाउने बाहेक केहि उल्लेखनिय काम हुन सके जस्तो देखिदैन। कतिले त संस्थालाई थला पर्ने गरि पाँच तारेमा होटेलमा भोज खाएर आफ्नो राजनैतिक दाउ अगि बढाउन गाउमा गोरु जुधाउने , भलिबल खेलाउने जास्ता कार्य सम्म गरे। जसका कारण TAAN को पर्यटन बोर्डमा बेरुजु सम्म हुन पुग्यो।
अब आउने २ बर्सको नेत्रित्यले अहिलेको बदलिदो समय अनुसारको काम गर्न सक्ने ( Mission and Vision ) होस् । चुनाबमा अरुले तयार परिदियको घोसणा पत्र एक पटक सम्म पनि नपढेको उमेदवार नहोस। कुनै पनि कार्यगर्दा दुरगामी असर को बारेमा राम्रो संग बिज्ञ संग छलफल गरि निर्णय गर्ने व्यक्ति होस् । बिकाउ नारा, बिना गाइड वा भरिया पदयात्रा जान नपाउने र TIMS अनिबार्य गर्नु पर्दछ भन्ने मात्र उदेस्य नहोस।
TAAN जस्तो झन्डै २००० सदस्य भएको संस्था ले पर्बतिय पर्यटनमा
अध्ययन अनुसन्धान मा व्यापक श्रोत र साधन परिचालन गरोस
खासगरी स्थानीय रुपमा उपलब्ध श्रोत साधन (झरना लाइ छान्गारोहन , ठुला ढुंगा लाइ आकृतिमा , चट्टान कुदेर, फुल को बन , बनस्पति उधान ) विविधिकरण गरि कृतिम आकर्सन थपेर त्यो ठाउलाइ बिसेस विधायुक्त बनाउन स्थानीय निकाय संग पहल गर्नु पर्दछ। एसले पर्बतिय पर्यटन लाइ बचाई राख्न सहयोग गर्न सक्क्ष।
हाम्रा निकुञ्जमा थप होटल लज को विस्तार भन्दा पाटि हरुको निर्माण गरि अन्य ब्यबस्ता ब्यबसाय गर्ने हरुले गर्न पाउन पर्दछ।
हिमालय को आधार सिबिर वा नजिकका गाउमा योग वा ध्यान केन्द्रको विकास गर्न सके पर्यटनमा नया आयाम हुन गई पदयात्रा ब्यबसाय लाइ पनि सहयोग हुने थियो।
पदयात्रा ब्यबसाय लाइ कसरि विविधिकरण संग जोड्न सकिन्छ,
कसरि प्रबिधि मैत्री हुदै गुणस्तर बढाउन सकीन्छ
हालको असहज निकुञ्ज प्रबेस नियम, बिमा लगायत का बिसएमा राम्रो धारणा भएकोलाई एस पाली को मात दिने विचार छ।

यो मेरो नितान्त व्यक्तिगत विचार हो। कसैपर्ती लक्क्षित छैन। गल्ति हुन गएमा माफ सहित

TAGS: Accident Annapurna Climbing Dhaulagiri Everest festival frog herbal plant in Nepal kathmandu Langtang Mardi Himal Accident nepal trekking

Share this