Unspoild Cultural Homestay experience (धरमपानी कन्यादेवी सामुदाईक घरबास)

9 Jun 2025 Alpine Asian Treks

Dharampani Homestay tour

गुरुङ समुदायको बस्ति रहेको धरमपानी गाउमा संचालित कन्यादेवी सामुदाईक घरबास, येही जेठ २३ र २४ गते  (6-7 June, 2025) तनहुँ पर्यटन प्रबर्दन समाज को आयोजनामा एस संस्कृतिक गाउ घुम्ने अवासर प्राप्त भयो।  पाहाड कि रानी बन्दिपुरबाट करिब १४ किलोमीटर को दुरीमा , बन्दीपुर बजार बाट करिब १:१५ घन्टामा मोटर बाटो  (बन्दीपुर – सेराटार- सुखौरा टार – कल्मुडाँडा -चिसापानी – हाटिया बजार – धरमपानी) हुदै यहाँ पुग्न सकिन्छ भने  बन्दीपुर बाट पैदल यात्रा गर्दै करिब ४ देखि ५ घण्टामा (बन्दीपुर – बहुनडाँडा – सल्लाघारी – कफल स्वारा – डाँडाछाप – कमलबारी – रानी बजार – धरमपानी) हुदै पनि जान सकिन्छ।  धरमपानी समुन्द्र सतह बाट करिब १००० मीटर को उचाई मा रहेको छ।  

धरमपानी सामुदाइक घर बास पर्या पर्यटन को लागि सम्भावाना बोकेको ठाउ हो।  यहा बाताबरण संरक्षण को लागि प्लास्टिक को न्युन गर्नका  लागि  बास का डोको, साल तथा भोर्ला का पातका टपरी दुना , माटाका गाग्रामा राखिएको पिउने पनिको प्रयोग गरियको छ।  स्थानीय उत्पादन (कोदो , गेडागुडी , सागपात , मकै , भटमास ) को अधिकतम प्रयाग गरिन्छ।  साल तथा भोर्ला को पात बाट बनेका दुना टपरी को बचेर आय आर्जन पनि गरेका छन्।  मनोरजान का लागि पनि स्थानीय खैचडी तथा मौलिक चुड्का नाचको मजा लिन सकिन्छ। 

धरमपानी बाट हिमाली शृंखला हेर्नका लागि भने करिब १ घण्टा को दुरीमा रहेको हट्तिया डाँडा बाट (मनास्लु , अन्नपुर्ण , धौलागिरी ) हिम्श्रीन्खला को अबलोकन गर्न सकिन्छ।  

पर्यटक हरुका लागि खान तथा बास स्थानीय घर मा व्यवस्था गरिन्छ।  खान सामुहिक रुपमा तयार परिन्छ र सकेसम्म स्थानीय उत्पदान लाइ प्रथामिकाता दिने प्रचलन छ।  नुहाउनका लागि तातोपानी को व्यवस्था न भएपनि नुहाउने कोठा भने छन्।  पुरानै ढाचाका घरमा पाहुना बस्ने कोठाको व्यवस्था छ।  साथै ताजा गाइ भैसी को दुध , मह तथा गाउमै पारेको रक्सि पिउन सकिन्छ।  

यहाँ घुम्नका लागि बर्सै भरी आउन सकिन्छ तर पनि पानी पर्ने बेला बाहेक अरु बेला आउदा बदी उपयुक्त हुन्छ।  असोज बाट बैसाख सम्म उपयुक्त हुन्छ।  यहाँ केवल घुम्ने मात्र नभई कृसी कार्य तथा अरु घरेलु कर्म मा सहभागी भएर अर्को अनुभव गर्न सकिन्छ।   .

पर्यटकलाइ एता तान्न , बन्दीपुर वरपर रहेका रामकोट , कोरिखा , हिलेखार्क संग खरो प्रतिस्पर्धामा उत्रनु पर्ने देखिन्छ।  येस्कालागी यहाका पर्यटनकर्मी  , समाजसेवी , राजनीतिज्ञ , महिला को उत्तिकै जोश एबम उत्साह देखिन्छ।  

तर पनि येतिले मात्र अझै अपुग जस्तो देखिन्छ।  एक पर्यटनकर्मी भएकोले यहाँ केहि मानब सृजित कार्य गर्दा यहाको पयर्टन अझ राम्रो संग फल्छ फुल्छ भन्ने लग्दछ ।  

प्रबेस द्वार मा कलात्मक शैलिका पुरानो घुमाउने घर बनाउने (तस्बिर लिन तथा सम्झनाका लागि एक नमुना)

पाहुना स्वागतमा गुरुङ भेस भूसा लगाइदिने 

जेठा बाको चौतारी बनाउने 

गाउलाई मौसमी फुलको बगैचा जस्तो रुपमा विकास गर्ने 

मौसमी फलफुलको  बगैचामा आनन्द लिने र खान मिल्ने किसिमको विकास गर्ने 

नजिकै रहेका पहरा वा चट्टानलाई राम्म्रो चित्र कुदेर र ठुला ढुंगा लाइ कुनै अक्र्ती वा सालिक बनाएर पनि पर्यटन अकर्सन गर्न सकिन्छ। 

घर बासमा अनुभव :

दहि मथ्ने , काठका, बासका समान  बनाउन  सिकाउने (खुर्पेटो,  डोको , छत्री, सिप्रिन , नाम्लो , डोरी बाट्ने, गुन्द्री बुन्ने , सेल रोटि पकाउने, ढिकी जातो  (पुरानो काम गर्ने तरिका) अनुभव गराउने  )

यी मेरा आज सम्मको अनुभवबाट अनुभत गरेका वा लागेका निजि विचार हुन्।  

शेखर बहादुर थापा 

तनहुँ (हाल काठमाडौँ )

TAGS: nepal trekking

Share this